विराटनगरबाट उडेको श्री एयरलाईन्स जहाज त्रिभुवन विमानस्थलमा अर्को जहाजसँग ठोक्कियो

विराटनगरबाट उडेको श्री एयरलाईन्स जहाज त्रिभुवन विमानस्थलमा अर्को जहाजसँग ठोक्कियो

विराटनगर २२ कात्तिक । विराटनगरबाट उडेको श्री एयरलाईन्स जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अर्को जहाजसँग ठोक्किएको छ । विराटनगरबाट आज विहान १०: ३० उड्ने भनिएको जहाज डिले भएर १ बजे मात्र उडेको थियो । विराटनगरबाट डिले भएर उडेको जहाजले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा निजी कम्पनीका दुई जहाज ठोक्किएको हो । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो ।
श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार विराटनगरबाट उडेको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो । जहाजमा सामान्य क्षति भएको छ । अन्य सबै सामान्य रहेको उनले बताए । अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जहाजको निरीक्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्