ठगी र किर्तेमा मुछिएका राज्यमन्त्री रावलले दिए राजीनामा

ठगी र किर्तेमा मुछिएका राज्यमन्त्री रावलले दिए राजीनामा

काठमाडौं,२४ कात्तिक । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । ठगी र किर्ते मुद्दामा फरार रहेका मन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।


मन्त्री रावलका स्कीय सचिव रविन्द्र सुनारले मुख्यमन्त्री भट्टसमक्ष राजीनामा बुझाएको पुष्टि गर्दै सरकारबाट सुविधावापथ पाएको सवारी साधनलगायत ‘ह्याण्डओभर’ गरिसकेको बताए । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले छानविन अघि बढाएको छ । मन्त्री रावलविरुद्ध गत साउनमा जिल्ला अदालत कञ्चनपुरमा ठगी र किर्ते मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले फरार अभियुक्तको रुपमा उनीविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।
जनज्योति एजुकेसन फाउण्डेसनका नामको सेयर बिक्रीमा किर्ते र ठगी गरेको दाबी गर्दै उनीसहित ३६ जनाविरुद्ध मुद्दा दायर भएको थियो । २०६१ मा मन्त्री रावलसमेतको लगानीमा दर्ता भएको जनज्योति प्रालि नामक कम्पनीलाई २०७४ पुसमा एजुकेसन फाउण्डेसन बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्