चरेस कारोबारमा संलग्न वडाध्यक्ष १५ वर्षपछि पक्राउ

<span class='c1'>चरेस कारोबारमा संलग्न वडाध्यक्ष</span> <span class='c2'>१५ वर्षपछि पक्राउ</span>

काठमाडौं,२४ कात्तिक । प्रहरीले नुवाकोटको म्यागन गाउँपालिका–४ का वडाध्यक्ष रामबहादुर तामाङलाई पक्राउ गरेको छ । लागूऔषध चरेस कारोबार गरेको आरोपमा अदालतले दोषी ठहर गरेको १५ वर्षपछि उनी पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार उनलाई जिल्ला अदालत, काठमाडौंले २७ जेठ २०६१ मा ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो । तर, उनी ३ महिना ७ दिन अनुसन्धानका क्रममा हिरासतमा रहेर छुटेका थिए ।

विशेष सूचनाका आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय, नुवाकोटसँग समन्वय गरेर काठमाडौं ल्याइएको उनले बताए । उनका अनुसार तामाङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिसकिएको छ ।

onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्