विमानस्थलबाट दुई किलो कोकिनसहित ब्राजिलियन ६१ वर्षीय नागरिक पक्राउ

<span class='c1'>विमानस्थलबाट दुई किलो कोकिनसहित ब्राजिलियन</span> <span class='c2'>६१ वर्षीय नागरिक पक्राउ</span>

काठमाण्डौ,२५ कात्तिक । प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दुई किलो १ सय ग्रम कोकिनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्राजिलियन नागरिक रहेका छन् ।
६१ वर्षीय ब्राजिलियन नागरिक सर्जियो ट्रुलाई विमानस्थल प्रहरीले कोकिनसहित सोमबार पक्राउ गरेको लागूऔषध ब्यूरोका एसएसपी बसन्त लामाले पुष्टि गरे ।

कतार एयरको उडानबाट नेपाल आएका ट्रुमाथि थप अनुसन्धान भइरहेको उनले बताए । विमानस्थलमा भन्सार जाँच गर्ने क्रममा उनको साथमा रहेको झोलाबाट कोकिन करामद भएको हो ।

प्रहरीका अनुसार उनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्