तास चिन्ने प्रविधि सहित ९४ हजार प्रहरीद्धारा बरामद

तास चिन्ने प्रविधि सहित ९४ हजार प्रहरीद्धारा बरामद

काठमाडौं,२५ कात्तिक । प्रहरीले काठमाडौंबाट तास चिन्ने सेन्सर जडित जुवा सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीको प्रहरीले टोलीले आइतबार नागार्जुन नगरपालिका–४ सीतापाइलाबाट सर्लाहीका ३६ वर्षीय निरबहादुर कार्कीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कार्कीको डेराबाट डिभाइस जडित नगदसहित अन्य थुप्रै सामग्री र ९४ हजार रुपैयाँ बरामद गरेको छ । जसमध्ये एक हजारका १४ वटा नोटमा तास चिन्ने सेन्सर जडान भएको प्रहरीले जनाएको छ । यस्तै डिभाइस जडित एउटा पर्स, ५ वटा बेल्ट, एउटा घडी, ६ वटा चस्मा, ४ वटा चस्माका खोल, १२ वटा टिसर्ट, १६ वटा सर्ट, ३ वटा टिसर्टका बाहुला, २४ वटा रिमोट, एउटा लिड लाइट, १३५ वटा विभिन्न रंगका एयर पिस, विभिन्न रंगका ५४ वटा लेन्स र २ वटा हाते झोलासमेत बरामद गरेको प्रहरीले जनाएको छ । डिभाइस जडित सामग्रीहरुले जुवामा सजिलै तास चिन्न सक्ने प्रहरीको भनाइ छ । पक्राउ परेका कार्कीले यस्तै सामग्रीहरु बिक्रीसमेत गरेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्