नवनियुक्त मन्त्रीहरुद्वारा पदभार ग्रहण, भुसाललाई खनालको न्यानो अँगालो

नवनियुक्त मन्त्रीहरुद्वारा पदभार ग्रहण, भुसाललाई खनालको न्यानो अँगालो

काठमाडौं, ५ मंसिर । नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयहरुमा पुगेर उनीहरुले पदभार गरेका हुन् ।
नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले पदभार ग्रहण गर्दैगर्दा निवर्तमान मन्त्री चक्रपाणि खनाल पनि उपस्थित थिए ।
भुसाललाई खनालले अँगालो हालेर कार्यकक्षमा स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै मन्त्री भुसालले आफू पदमा रहुञ्जेल लोभ र डरबाट प्रभावित नहुने वाचा गरे । त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले पदभार ग्रहण गर्दै व्यक्तिगत र संरचनागत समस्या हटाउने प्रतिबद्धता जनाए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पनि पदभार ग्रहण गरेका छन् । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले पनि मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्