प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद देखाउने दाँत मात्रै हो : देउवा

प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद देखाउने दाँत मात्रै हो : देउवा

पोखरा , ६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद देखाउने दाँत मात्रै भएको बताएका छन् ।
शुक्रबार नेपाल डेमोक्र्या्टिक लयर्स एसोसियसनको वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले कालापानी प्रकरणमा आउँदा प्रधानमन्त्री ओलीको राष्ट्रवाद समर्पणवादमा परिणत भएको आरोप लगाए। उनले राष्ट्रवाद चुनाव जित्नका लागि देखाउने खोलमात्रै भएको बताए ।
सभापति देउवाले सरकारले प्रजातान्त्रिक मूल्य र मान्यताविपरीत अध्यक्ष संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै अध्यादेश कुनै पनि हालतमा पारित हुन नदिने बताए। उनले सरकारले जबर्जस्ती गरे सडक आन्दोलन चर्काउने चेतावनी समेत दिए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक आयोगमा सरकारले आफ्नामा मान्छे भर्ति गरिरहेको आरोप लगाए। ‘अख्तियारमा आफ्ना मान्छे नियुक्ति गरेर सरकारले शाही आयोगजस्तो बनाउन लागेको छ’ उनले भने । उनले एकपछि अर्को गर्दै सरकारले जनताका हक अधिकार खोस्दै लगेको भन्दै आफूहरु जनताका अधिकारगुम्न नदिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्