बलात्कार आरोपित अनेरास्ववियुका केन्द्रीय सदस्य राई पुर्पक्षका लागि जेल चलान

<span class='c1'>बलात्कार आरोपित अनेरास्ववियुका केन्द्रीय सदस्य</span> <span class='c2'>राई पुर्पक्षका लागि जेल चलान</span>

काठमाडौं, ६ मंसिर । बलात्कार आरोप लागेका इन्द्रहाङ राई पुर्पक्षका लागि जेल चलान भएका छन् । अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रत्न राज्यलक्ष्मी क्याम्पसका स्ववियु सचिव रहेका राईले साथीको बहिनीलाई करणी गरेको आरोप लागेका राईलाई सातदेखि दसवर्षसम्मको जेल सजायको मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतले मुद्दा दायर गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले उनलाई थुनामा पठाउने निर्णय गरेको छ । राईले गत कात्तिक १२ गते तिहारको टीकाको अघिल्लो दिन साथीकी बहिनीलाई भैली खेल्ने बहानामा काठमाडौं माकलबारीस्थित आफन्त घर लगेर करणी गरेको महानगरीय प्रहरी वृत बौद्धले जानकारी दिएको थियो । पीडितको उजुरी र अनुसन्धानका आधारमा बलात्कार भएको निष्कर्ष सहित प्रहरीले मुद्दा अघि बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्