घर बनाउने सोच छ? पैसा छैन , मेरो घर र एनएमबी बैंकको यस्तो अफर !

घर बनाउने सोच छ? पैसा छैन , मेरो घर र एनएमबी बैंकको यस्तो अफर !

बिराटनगर मङ्सिर १७ ,

मेरोघर र एनएमबी बैंकले संयुक्त रूपमा ‘अब बन्छ हजुरको घर’ अफर सुरू गरेका छन् । ग्राहकलाई आवासीय घर बनाउन सहज सेवा र वित्तीय सुविधा दिने यस्तो योजना नेपालमै पहिलो पटक अघि सारिएको हो । योजनाअन्तर्गत, जग्गाधनीहरुले घर बनाउन एनएमबी बैंकबाट सहज ब्याजदरमा कर्जा लिएर २५ बर्षसम्मको अवधिमा भुक्तानी गर्न सक्ने छन् भने मेरोघरले ग्राहकको इच्छाअनुसार घरको डिजाइन देखि पूर्ण–निर्माणसम्मको सेवा प्रदान गर्नेछ । त्यस्तै, घरको पूर्ण निर्माण सम्पन्न नभएसम्म वा १२ महिना अवधिसम्म किस्ता भुक्तानी गर्न नपर्ने तथा घर निर्माणका लागि शतप्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुनेछ । यसका लागि, मेरोघर र एनएमबी बैंकको सहकार्यमा सरल र सहज ऋण प्रशोधन प्रणालीको प्रबन्धन गरिएको छ ।

ग्राहकलाई आफ्नो घर निर्माणका लागि आर्थिक सहजता दिने मात्र नभई डिजाइन तथा निर्माणको समेत सेवा दिन यस्तो योजना अघि सारिएको हो । आफ्नै जग्गा भएका जागिरे युवा तथा लामो समयदेखि घर निर्माण गर्न योजना बनाएका व्यक्तिले यस अफरको लाभ उठाउन सक्नेछन् । त्यस्तै, विदेशमा बसोबास गर्ने र आफ्ना परिवारको लागि घर बनाउन चाहनेका लागि समेत यो अफर लक्षित छ । ग्राहकको जग्गा तथा आम्दानी स्रोतमा नियम र सर्तहरू भने लागु हुनेछन् ।

यस्तो छ योजना : 

मेरोघर १५ बर्ष भन्दा बढी अनुभव भएका यस्ता विज्ञ र दक्ष आर्किटेकहरुको समुह हो, जसले आवासीय घर तथा भवन निर्माणमा आवश्यक सल्लाह, सुझाव, परामर्शका साथै डिजाइन र निर्माणसम्मको एकीकृत सेवा प्रदान गर्छ । यस्तो सेवा प्रदान गर्ने नेपालको पहिलो होम ब्रान्ड मेरोघरले सेवा शुरु गरेको ४ वर्षमैं १५० भन्दा बढी घर निर्माण गरी हस्तान्तरण गरिसकेको छ भने २ हजार भन्दा बढी आवासीय घरको डिजाइन गरेको छ । आवासीय घर बाहेक होटेल, रिजोर्ट, अस्पताल, विद्यालय, व्यवसायिक भवन आदिको डिजाइन एवं सम्पूर्ण निर्माणमा पनि मेरोघरको दक्षता छ ।

मेरोघरले निर्माण गरेका प्रत्येक घरको ६ महिनासम्म निःशुल्क मर्मतसम्भार, घरको गुणस्तर सुनिश्चितका लागि विशेषज्ञको निगरानी एवं सम्पूर्ण संरचना निर्माणको ग्यारेन्टी जस्ता सुविधा प्रदान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्