युवाहरुमा मोबाइल मोह : एकछिन मोबाइल नहुँदा आत्तिन्छन् आजका युवा !

युवाहरुमा मोबाइल मोह : एकछिन मोबाइल नहुँदा आत्तिन्छन् आजका युवा !

बीबीसी । विश्वका एक चौथाइ भन्दा बढी युवाहरु आफ्नो स्मार्टफोनमा यति धेरै निर्भर छन् कि उनीहरुका लागि यो एक किसिमको गम्भीर लत नै बनिसकेको छ । यसरी मनो्विश्लेषकहरुले गरेको एक नयाँ अनुसन्धानमा आजका युवाहरु एकैछिन मोबाइल नहुँदा आत्तिने गरेको पत्ता लागेको हो ।

किङ्स कलेज लन्डनले सञ्चालन गरेको यस अध्ययनका अनुसार यो व्यवहारको अर्थ युवाहरुलाई फोनको पहुँच नदिँदा उनीहरुमा तत्कालै नकारात्मक भावना पलाउन थाल्छ र त्यसले मानसिक तनाव गराउन सक्छ । यति मात्र नभएर युवाहरु मोबाइल फोनमा आफूले बिताइरहेको समय नियन्त्रण गर्न पनि असमर्थ भइरहेका छन् । यस्तोमा सो लतले मानसिक स्वास्थ्यमा पार्न सक्ने भयानक परिणामबारे अध्ययनले चेतावनी दिएको हो ।

‘बीएमसी साइकिआट्री’ मा प्रकाशित सो अनुसन्धानमा ४१ वटा पूर्वअध्ययनहरुको विश्लेषण गरिएको थियो जसमा ४२ हजार युवाहरुमाथि सर्वेक्षण गरिएको हो । उनीहरु सबै स्मार्टफोनको समस्याजनक प्रयोजनसँग सम्बन्धित थिए । यसमा २३ प्रतिशतमा मोबाइल फोनको लतसँगै एन्जाइटी, समयको हेक्का नराख्ने र दैनिक गतिविधिमा असरलगायत समस्याजनक व्यवहार पनि बढ्दै गएको पाइएको हो ।

यसरी मोबाइलको लतकै कारण उनीहरुमा यी खराब प्रभाव पनि परिरहेको अध्ययनमा उल्लेख गरिएको छ । त्यसैगरी यसले युवाहरुको पढाइमा असर गर्नुका साथै स्ट्रेस, डिप्रेसन, अनिद्रा र विद्यालयको प्रदर्शनमा कमी पनि ल्याइरहेको बताइएको छ । तरपनि यसमा स्मार्टफोन आफैँमा लत लगाउने उपकरण भएको वा त्यस भित्रको एप यसका लागि जिम्मेवार रहेको भन्ने चाहिँ अझै स्पष्ट हुन नसकेको किङ्स कलेजस्थित यस अध्ययनकी लेखिका निकोला काल्क बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्