काठमाडौं । ग्लोबल आइएमई बैंकको कारोबार आज साँझ ६ बजेदेखि भोलि राति १२ बसेसम्म बन्द हुने भएको छ । जनता बैंक गाभेर एकीकृत वित्तीय कारोबार गर्न दुबै बैंकको प्रणाली मिलाउनुपर्ने भएकाले बन्द हुने भएको बैंकले जनाएको छ । जनता बैंकलाई मर्ज गरेपछि ग्लोबल आईएमई बैंकले मंसिर २० गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ । २० गतेबाट कारोबार सुचारु हुने बैंकले जनाएको छ ।
बैंकले उक्त समयसम्म दुवै बैंकको एटीएम, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, शाखारहित बैंकिङ सेवा पनि बन्द हुने जनाएको छ ।