साताको चौथो दिन सुनको मूल्य ह्वातै बढ्यो, आजको मूल्य यस्तो !

साताको चौथो दिन सुनको मूल्य ह्वातै बढ्यो, आजको मूल्य यस्तो !

काठमाडौं । साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य ह्वातै बढेको छ ।

सोमबार र मंगलबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँ स्थिर मूल्यमा कारोबार भएको सुन बुधबार एकै पटक प्रतितोला ८ सय रुपैयाँ वृद्धि भएको हो ।

महासंघका अनुसार बुधबार बजारमा छापावाल सुन प्रतितोला ७२ हजार २ सय र तेजावी सुन प्रतितोला ७१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार र मंगलबार प्रतितोला ८ सय ५० रुपैयाँ स्थिर मूल्यमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १५ रुपैयाँ वृद्धि भएर प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्