जानकारी : सुत्केरी मसला कसरी बनाउने ?

जानकारी : सुत्केरी मसला कसरी बनाउने ?

काठमाडौं– जाडोमा हरेक मानिसमा हाडजोड्नी दुख्ने समस्याहरु हुने गर्छ। त्यसैले सुत्केरी मसलामा उच्च पौष्टिक आहार हुने हुदाँ महिलाहरुको त्यस अवस्थाको कमजोर मांसपेसी एवम हाडजोड्नीवलियो बनाउनेका साथै बच्चालाई आमाको दुध प्रसस्त खुवाउन मद्दत गर्दछ। यो मसला अन्य कामकाजी महिलाहरुले पनि जाडो महिनामा सुत्केरी मसलाको प्रयोग गर्न सक्नुहुनेछ। आज हामी सुत्केरी मसला कसरी बनाउने भन्ने बारेमा केही टिप्स् बताउदैछौं।

चाहीने सामाग्रीः

बनाउने तरिकाः

सर्वप्रथम एउटा ठुलो भाँडो लिनुहोस् र त्यसमा डेढ लिटर दुध तताउनुहोस् फेरि अर्को अलि फराकीलो फ्राईपेन तताउनुहोस् र तातेको फ्रईपेनमा ज्वानो, मेथी, सुप र चम्सुरलाई मिडियम हिटमा राखेर हल्का ब्राउन हुनेगरी भुट्नुहोस्।

फेरी एउटा ठुलो फराकिलो कराईमा एक कप घिउ तताउनुहोस् र त्यसमा काजु, किसमिस, नरीवल, ओखर, छोकडा, पेस्टाचु, बदाम यी सबै चिजलाई मिडियम हिटमा राखेर ब्राउन हुनेगरि फुराउनुहोस् यसैगरी गुदलाई पनि फुराउनुहोस्।

अव भुटेर राखेको मेथी, सुपहरुलाई मिक्चरमा राखेर पिस्नुहोस्। त्यसैगरी ड्राफुडलाई पनि पिस्नुहोस्। अव एउटा फराकिलो कराई लिनुहोस् र त्यसमा पुस्टकारी सुत्केरी मसला बनाउन सुरु गर्नुहोस्।

कसरी बनाउने त ?

एउटा ठुलो र फराकीलो भाँडोमा दुई कप जती घिउ तताउने र तातेको घिउमा बत्तिसाको धुलो र बेसारलाई फुराउने अनि त्यसैमा तयार गरेर राखिएको मसलाको धुलो सबै राखेर मिक्स्गर्ने र त्यसमा गुदलाई पनि राख्ने। अव आफ्नो स्वाद अनुसार चिनी वा मह राख्नुहोस्। त्यसैगरी खुवा (कुराउनी) लाई पनि राख्नुहोस्।

अव तताएर तयार गरीएको दुधलाई मसलामा लगाएर मजाले चलाउदै मिडियम हिटमा राखेर पकाउनुहोस् र तयार गरिएको ड्राईफुडलाई पनि त्यही लगाएर मजाले चलाउदै ५ मिनेट पकाउनुहोस्। यसरी बनाएको मसला लाई सुत्केरी मसला भनिन्छ।

अव तयार गरीएको मसलालाई चिसो बनाएर एउटा ठुलो बट्टामा स्टोर गर्न सक्नुहुनेछ र तयार भएको मसलालाई दिनको ३ पटक सुत्केरीलाई २ चम्चा दुध सग खानदिनुहोस् र आफु पनि खानुहोस्। यसले स्वास्थ्यलाई एकदम फाईदा हुने काम गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्