आज भ्वाईस अफ नेपालको अन्तिम फाईनल, को बन्ला विजेता

आज भ्वाईस अफ नेपालको अन्तिम फाईनल, को बन्ला विजेता

विराटनगर । रियालिटी सो द भ्वाईस अफ नेपालको फाईनल स्पर्धा शनिवार हुँदैछ । ४ जना कोच मध्ये अब अन्तिम एक एक जनामा फाईनलमा सहभागी हुँदैछन् ।
फाइनलमा चारै जना निर्णायकहरू महागुरु दीप श्रेष्ठ, आस्था राउत, राजु लामा र प्रमोद खरेलका टिमबाट एक÷एक प्रतियोगीहरु प्रवेश गर्न सफल भएका छन् ।


यसअघि सेमीफाइनल पुगेका ८ जना प्रतियोगी मध्ये प्रत्येक टिमबाट एक÷एक प्रतियोगीहरु फाइनलमा प्रवेश गरे । फाइनलमा बिकास लिम्बु, आरिफ रउफ, सनिश श्रेष्ठ र राम लिम्बु फाइनलमा जान सफल भएका छन् ।
यी चारजना मध्येबाट नै दी भ्वाइस अफ नेपाल’को टाइटल जित्नेछन् । प्रतियोगीहरुको प्रस्तुतिपछि चारै कोचहरुले आफ्नो टिमका प्रतिस्पर्धीहरुको लागि समेत भोट अपिल गरेका छन् । निर्णायकहरुले आफ्नो टिमका प्रतियोगीहरुलाई भोट दिएर ‘द भ्वाइस अफ नेपाल’ को बिजेता बनाउन अनुरोध समेत गरेका छन् । शनिबार काठमाडांैको चुच्चेपाटी स्थित ह्यात ग्राउन्डमा हुने ग्राण्ड फाइनलको विशेष कार्यक्रममा प्रतियोगीहरुका साथै अन्य नेपाली कलाकारहरुले पनि आफ्नो कलाद्वारा दर्शकहरुलाई मनोरन्जन प्रदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्