१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पड्काउन ल्याएको पटका पड्किदा एक बालक गम्भीर घाइते

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पड्काउन ल्याएको पटका पड्किदा एक बालक गम्भीर घाइते

जनकपुर । जनकपुरमा सागमा पड्काउन ल्याएको पटका पड्किदा एक बालक गम्भीर घाइते भएका छन् । शनिबार बिहान खेलाउँदै गरेको फटाका बिस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका १३ कवर्डहल बस्ने शोभित राउतका १० वर्षका छोरा आलोक राउत गम्भीर घाइते भएका छन्। १३ औँ दक्षिण एसियाली खेलकुद (साग) आयोजना भएको जनकपुरधाम उपमहानगरपालिका १४ स्थित जिलखेलकुद विकास समिति धनुषाको कवर्ड हलबाट करिव ४ सय मिटरमा बिस्फोट भएको ठाउँ पर्छ।
सागकै उदघाटन उत्सवमा शुक्रबार साँझ पड्काएपछि बाँकी रहेको एक पटाका फालिएको थियो। त्यही टिपेर ल्याइ खेलाउँदै गरेको पटका पड्किदा पेट फुटेर गम्भीर घाइते भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । बिहान ९ बजेतिर बिस्फोट भएको जनाएको छ । बालकको जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि धरान ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्