पाँच दिनदेखि सुनको मूल्य निरन्तर ओरालो , आजको मूल्य यस्तो !

पाँच दिनदेखि सुनको मूल्य निरन्तर ओरालो , आजको मूल्य यस्तो !

काठमाडौं मङ्सिर २४ ।

पाँच दिनदेखि सुनको मूल्य निरन्तर ओरालो लागेको छ  । गत बिहीबार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको सुन त्यसयता निरन्तर ओरालो लागेर मंगलबारसम्म आइपुग्दा प्रतितोला ७० हजार ८ सय रुपैयाँमा झरेको छ ।

यसैबीच नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुन प्रतितोला ७० हजार ८ सय र तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँ निर्धारण गरेको बताएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि निरन्तर ओरालो लागेको छ । गएको बिहीबार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबारसम्म आइपुग्दा तोलामा २० रुपैयाँ घटेको छ । आजको लागि चाँदी प्रतितोला ८ सय ३० रुपैयाँ कायम गरिएको महासंघले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्