एक महिनामा एक पटक खाए पुग्ने गर्भनिरोधक चक्की

<span class='c1'>एक महिनामा एक पटक</span> <span class='c2'>खाए पुग्ने गर्भनिरोधक चक्की</span>

तपाईँ दैनिक रुपमा गर्भनिरोधक चक्की खाएर दिक्क हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् । वैज्ञानिकहरूले एक महिनामा एक पटक एक चक्की खाँदा महिनाभरी ढुक्क हुन सक्ने औषधि पत्ता लगाएका छन् ।
यौ औषधि हाल सुँगुरमा परीक्षण गरे पनि मानिसमा भने परीक्षण गर्न बाँकी छ ।

सुँगुरमा भने सो औषधिले सफल परीक्षण भएको छ । म्यासाच्युसेट इन्ष्टिच्युट अफ टेक्नोलोजीले हालै रिलिज गरेको सो क्याप्सुल तारा आकारको छ । जिलेटिनले बाहिरी भाग ढाकिएको सो क्याप्सुल पेटमा केही हप्तासम्म रहन सक्ने र त्यसले गर्भ निरोधक हार्मोनहरूलाई विस्तारै निश्काशन गर्ने बताइएको छ । यसबाट एक पटक लिएको चक्कीले एक महिना सम्म काम गर्ने छ । बाहिर क्यप्सुल अकारमा देखिए पनि पेट भित्र पुगेपछि साे क्याप्सुल तारा अाकारमा परिणत हुन्छ र त्यसबाट क्रमैसँग अाैषधि शरीरमा निश्कासन हुन्छ ।

सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्