बिराटनगरमा अत्याधुनिक क्युएफएक्स सिनेमा हल संचालनमा आउदै

बिराटनगरमा अत्याधुनिक क्युएफएक्स सिनेमा हल संचालनमा आउदै

बिराटनगर मङ्सिर २६ ,

बिराटनगरको  भाटभटेनी सुपर मार्केटमा नेपालमा सर्वाधिक लोकप्रिय तथा सुबिधासम्पन्न  क्युएफएक्स सिनेमा हल संचालनमा आउने भएको छ । भाटभटेनीमा दुई वटा हल भएको क्युएफएक्स सिनेमा हल संचालन हुनेछ । उक्त हल आगामी हप्ताबाट नै संचालनमा ल्याउने तयारी रहेको छ ।

 

नयाँ र अत्याधुनिक क्युएफएक्स प्रविधिका साथ उक्त हल संचालनमा आउने छ । उच्च प्रविधिमा एउटै छातामुनि अत्याधुनिक २ वटा पर्दामा छुट्टाछुटटै फिल्म हर्ने मिल्ने छ भने हलमा डेफ्ट क्यू थ्री डी प्रविधि प्रयोग गरिनुका साथै डल्बी एट्मोस साउण्ड प्रविधिको प्रयोग गरिएको क्युएफएक्सका सिइओ रोशन अडिगले आवर बिराटनगरलाई जानकारी दिए  । हलमा आरामदायी सिट साथै सुतेर हेर्न मिल्ने तथा ताजा खानेकुरा समेत उपलब्ध हुनेछ ।

क्युएफएक्सको बिराटनगरमा खुल्न लागेको मल्टिप्लेक्स १२ औ रहेको र उक्त १२ मल्टिप्लेक्समा २७ वटा स्क्रिन रहेको उनले जानकारी गराए । हलको टिकट अनलाइनबाट पनि बुक गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्