कसरी पकाउने यःमरी ? यस्तो छ तरिका !

कसरी पकाउने यःमरी ? यस्तो छ तरिका !

जाडोमा महिनामा नाम सुन्दै मुखमा पानी आउने तातो यःमरी खानुको मजै बेग्लै हुन्छ ।  यःमरी बनाउन पहिले तौली चामल (लस्सादार चामल) चाहिन्थ्यो भने अचेल त्यसको ठाउँ ताइचिन चामलले लिएको छ ।

यःमरी बनाउन चाहिने सामग्री
–    ताइचिन चामलको पीठो– एक केजी,
–    तातो पानी,
–    शुद्ध घिउ दुई चम्चा,
–    चाकु दुईवटा/खुवा १०० ग्राम ।

बनाउने विधि : 
–    पहिले तिललाई भुट्ने ।  त्यसपछि चाकु वा खुवालाई थोरै पानी हालेर पकाउने ।
–    ताइचिन चामलको पीठोमा शुद्ध घिउ हालेर ११० डिग्री तापक्रममा उमालिएको पानीले मुछ्नुपर्छ ।  नरम हुनेगरी मुछिएपछि हावाबाट बचाउन सफा मलमलको कपडाले छोप्नुपर्छ ।  हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पीठो कडा हुने डर हुन्छ ।  त्यसपछि एकनासको आकार हुने जति मुछिएको पीठोको एउटा डल्लो लिएर आकार दिनुपर्छ ।  पीठोलाई आकार दिँदा यःमरीको रूप बन्छ ।  पीठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ ।  औँला घुमाउँदै जाँदा पीठोको डल्लो पातलिँदै जान्छ ।  पातलो डल्लो झन्डै शङ्खको आकारमा परिणत हुन्छ भने बीचमा खोक्रो ठाउँ बन्छ ।  यःमरीलाई विभिन्न आकार दिन सकिन्छ ।
–    त्यो रित्तो ठाउँमा चाकु छ भने तिल पनि र खुवा छ भने खुवामात्र राख्ने ।
–    त्यति गरिसकेपछि एउटा भाँडोमा पानी उमालेर त्यसमाथि बाफ छिर्ने खालको प्वाल परेको प्लेट वा मःम पकाउँदा प्रयोग गर्ने जस्तो भाँडोमा अघि बनाएर राखेको यःमरीलाई ३ देखि ५ मिनेट बफ्याए खान मिल्ने यःमरी तयार हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्