कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना , १७ जना घाइते २ को अवस्था गम्भिर

कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना , १७ जना घाइते २ को अवस्था गम्भिर

कावासोती । पूर्वी नवलपरासीको पुरानो कावासोती बजारमा नेपाली सेनाका जवान तथा अधिकृतहरु चढेको बस दुर्घटनामा परेको छ । दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको टोली सवार ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो ।


दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा प्रेमबहादुर खत्री र विरेन्द्र शाही छन् । उनीहरुलाई थप उपचारका लागि चितवन पठाइएको छ ।
अन्य घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ । नेपाली सेनामा भर्ना छनौट भएर थप तालिमका लागि काठमाडौं जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन् । बस अनियन्त्रित भएर सडकबाट तल खसेको छ । बसमा ४० जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्