विराटनगरमा मारवाडी प्रिमियम लिगको तयारी पुरा, भोलि मोटरसाइकल र्याली

विराटनगरमा मारवाडी प्रिमियम लिगको तयारी पुरा, भोलि मोटरसाइकल र्याली

विराटनगर मङ्सिर ३०। विराटनगरमा नेपाल अग्रवाल युवा मचको मैत्रिपूर्ण क्रिकेट प्रतियोगीता आनन्द ईट्टा मारवडी प्रिमियम लिगको सातौ संस्करण आगामी पौष २ गतेदेखि सुरु हुदैछ ।

मारवाडी प्रिमियम लिगमा ५ वटा टिमको सहभागिता रहेने छ । यसै प्रतियोगितालाई सफल बनाउन पुष १ गते मोटरसाइकल र्याली समेत आयोजना गर्न लागिएको छ । र्याली दिउसो २ : ३० बजे बिराटनगरको अतिथि सदनबाट निस्किने छ ।

उनका अनुसार टिमहरुको विचमा १० वटा लिग म्याच हुने र अंकको आधारमा फाईनल म्याच पौष ५ गते हुने छ  ।

प्रतियोगितामा विजयी टिमलाई ट्रफी सहित नगद ३१ हजार प्रदान गरिनेछ । द्धितिय हुने टिमलाई ट्रफी सहित नगद १५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । हरेक खेलका म्यान अफ द म्याचलाई ट्रफीका साथ २ हजार एक सयका दरले प्रोत्साहन पुरस्कार प्राप्त गर्नेछन् । म्यान अफ द सेरिजलले ट्रफीकासाथ नगद ५ हजार एक सय प्राप्त गर्नेछन् ।
उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्स म्यान, उत्कृष्ट एमेजिङ प्लेयरलाई ट्रफिसहित नगद ३ हजार १ सय प्रदान गरिने जानकारी दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्