सुनको मूल्य साताकै सबैभन्दा महगो ७२ हजारभन्दा माथि पुग्यो

सुनको मूल्य साताकै सबैभन्दा महगो ७२ हजारभन्दा माथि पुग्यो

काठमाडौं । सुनको मूल्य साताकै सबैभन्दा धेरै पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७२ हजार २ सय रुपैयाँ पुगेको छ । यो साताकै सबैभन्दा बढी मूल्य हो ।

महासंघका अनुसार नेपाली बजारमा छापावाला सुन प्रतितोला ७२ हजार २ सय र तेजावी सुन प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार बजारमा छापावाला सुन प्रतितोला ७१ हजार ९ सय र तेजावी सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १५ रुपैयाँ वृद्धि भएर ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्