उप – प्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवद्धारा पदबाट राजीनामा

उप – प्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवद्धारा पदबाट राजीनामा

काठमाडौं । उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।सरकारमा जाँदा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि मन्त्री यादवले मंगलबारबाटै लागु हुने गरी राजीनामा दिएका हुन् । २०७५ जेठ १४ गते तत्कालीन संघीय समाजवादी फोरम र तत्कालीन एमाले(माओवादीबीच भएको दुई बुँदे सहमतिका आधारमा आफू सरकारमा सहभागी भएको स्मरण गराउँदै उनले सहमति कार्यान्वयन नभएका कारण नैतिकताका आधारमा राजीनामा पत्र दिनुपरेको उल्लेख छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधान विज्ञहरु सम्मिलित विज्ञ सुझाव समिति गठन गर्ने प्रस्ताव अस्वीकार भए पछि उनले राजीनामा दिइएको बताइएको छ । “उक्त प्रस्तावलाई अस्वीकार गरी दुईबुँदे सहमतिबाट सरकार पछाडि हटेको तथा सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकोले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजैका मितिबाट लागु हुने गरी उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ,” राजीनामा पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्