विराटनगर भित्रियो कियाको बहुप्रतीक्षित मिड–एसयुभी सेल्टोस

 विराटनगर भित्रियो कियाको बहुप्रतीक्षित मिड–एसयुभी सेल्टोस

विराटनगर, पुस १५ गते ,
नेपाली कार पारखीले व्यग्रताका साथ प्रतीक्षा गरेको कियाको मिड–एसयुभी सेल्टोस विराटनगर भित्रेको छ । नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले विरानगरस्थित डिलर केशरीचन्द भँवरलालमार्फत विराटनगरमा सेल्टोस भित्र्याएको हो ।

शुक्रबार बरगाछीस्थित केसरीचन्द भँवरलालको सोरुममा विशेष समारोह आयोजना गरी सेल्टोस अनावरण गरिएको छ । ४९ लाख ९० हजार रुपैयाँदेखि ८० लाखसम्म पर्ने सेल्टोसका एचटिके, एचटिके प्लस , एचटिएक्स, एचटिएक्स प्लस , भेरियन्ट उक्त सोरुममा उपलब्ध छन् ।
सेल्टोस कियाको भारतस्थित प्लान्टमा उत्पादन भई नेपाल भित्रने पहिलो गाडी हो । यसअघि कियाका गाडीहरु कोरियाबाटै आयात हुने गर्थे । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको हो ।
सेल्टोस भारतमा बजार प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुने मिड–एसयुभी बन्न सफल भएको थियो । भारत–६ इन्जिन जडित सेल्टोस कियाको ग्लोबल मोडल हो । यसले विश्वभरका मिड एसयुभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ ।

सेल्टोसकै कारण किया भारतको चौथो नम्बरको कार ब्रान्ड बन्न सफल भएको छ । भारतमा गत अगस्टबाट यसको बिक्री सुरु भएको थियो । सेल्टोस लन्च भएको पहिलो महिनामै आफ्नो सेग्मेन्टको एसयुभी पारखीमाझ लोकप्रिय बनेको अटो पन्डित्जको विश्लेषणले देखाएको थियो ।
सेल्टोसमा १० इन्च स्क्रिन, बिओएसई  म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी–कट स्टेरिङ, युभी ग्लास  जस्ता विशेषता छन् । यो सेग्मेन्टका अन्य ब्रान्डमा यस्ता विशेषता छैनन् ।

हुन्डाईको क्रेटा, निसानको किक्स, जिप कम्पास १.४ लाई सेल्टोसको प्रतिस्पर्धी मोडल मानिन्छ ।
बिक्री शुभारम्भको अवसरमा कम्पनीले सेल्टोसमा निश्चित समयका लागि विशेष छुट उपलब्ध गराउने डिलर सञ्चालक प्रशान्त तातेर बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्