अब एटीएमबाट दैनिक १ लाख रुपैयाँ सम्म झिक्न पाइने

अब एटीएमबाट दैनिक १ लाख रुपैयाँ सम्म झिक्न पाइने

काठमाडौं ।

बैंकहरूको एटीएमबाट दैनिक १ लाख रुपैयाँ झिक्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको निर्देशिका अनुसार एक पटकमा २५ हजारसम्म र दैनिक १ लाख झिक्न पाउने व्यवस्था गर्न भनेको हो । यसअघि दैनिक ६० हजार रुपैयाँसम्म झिक्ने पाउने व्यवस्था थियो ।

गत भदौ अघि भने दैनिक १ लाख नै झिक्न पाउने व्यवस्था थियो । गत भदौमा चिनियाँ ह्करले एटीएमबाट पैसा चारेपछि दैनिक ६० हजार मात्र निकाल्न पाउने व्यवस्था गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूले फरक संस्था भई नेपालभित्र जारी गरिएका डेबिट कार्डबाट रकम झिक्दा एक पटकमा प्रति कारोबार न्यूनतम ५ सय रुपैयाँदेखि अधिकतम २५ हजारसम्म नगद झिक्न सक्ने व्यवस्था गर्नुपर्ने जारी निर्देशिकामा भनिएको छ ।

प्रिपेड कार्ड जारी गर्दा एक पटकमा अधिकतम १ लाखसम्मको कार्ड जारी गर्न सकिने राष्ट्रबैंकले निर्देशनमा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्