सिटिजन्स बैंक इन्टरनेसनलद्वारा एटीएम मास्टर कार्डको सुरुवात

सिटिजन्स बैंक इन्टरनेसनलद्वारा एटीएम मास्टर कार्डको सुरुवात

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले एटीएम मास्टर कार्डको सुरुवात गरेको छ । सेवाको आरम्भसँगै मास्टरकार्ड, मास्ट्रो तथा सिरस ब्रान्डका कुनै पनि कार्ड बैंकको एटीएममा चल्नेछन् ।

नेपाल भ्रमण वर्ष २०२० को आरम्भसँगै थालनी गरिएको यो सेवाबाट विशेषगरी नेपाल आउने पर्यटक र मास्टरकार्ड ब्रान्डका कार्डवाहक ग्राहक लाभान्भित हुने बैंकको विश्वास छ ।

बैंकले यसअघि नै भिसा तथा युनियन पेसँग सहकार्य गरी ती ब्रान्डका कार्डमार्फत कारोबार गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्