एकै व्यक्ति १३६ बालात्कारका घटनामा दोषी पाइए

एकै व्यक्ति १३६ बालात्कारका घटनामा दोषी पाइए

एजेन्सी
काठमाडौं, २२ पुस ।

“१५९ यौन दुब्र्यवहारका घटनामध्ये १३६ बलात्कार गरेको अभियोगमा पक्राउ परेका ब्यक्तिलाई मुक्त गर्नु सुरक्षित हुने छैन्”, बेलायत म्यान्चेष्टरका एकजना न्यायधीशले आफ्नो आदेशमा उल्लेख गर्नुभएको छ ।
रेनहार्ड सिनागा नामक ३६ वर्षीय पुरुषलाई ब्रिटेनको म्यान्चेष्टरस्थित रात्रीकालीन मनोरञ्जनस्थल बाहिरबाट ४८ जना पुरुषलाई झुक्याएर बलात्कार गरेको अभियोगमा दोषी पाइएको छ । रेनहार्डले आफ्नो निवासमा लगेर औषधी खुवाई यौन आक्रमण गरेको र त्यसको भिडियो खिचेको अभियोगमा दोषी ठहर गरिएका हुन् । बेलायतको न्यायिक इतिहासमा सिनागालाई अहिलेसम्मकै खतरनाक बलात्कारीको उपमा दिइएको छ ।

स्नातकोत्तरसम्म अध्ययन गरेका रेनहार्ड सिनागा इन्डोनेसियाका नागरिक हुन् । रेनहार्ड अदालतमा उपस्थित गराइनु अघि लीड्स विश्वविद्यालयमा विद्यावारिधिमा अध्ययनरत थिए । प्रहरीले सिनागाको मोबाइल नियन्त्रणमा लिदा प्रत्येक आक्रमणको सयौं घण्टाको भिडियो फेला पार्यो ।
म्यान्चेष्टर क्राउन अदालतले सिनागालाई आजिवन काराबासको सजाय सुनाएको छ । उक्त मुद्दाको सुनुवाइको क्रममा दोषीको पहिचान खुलाउन पहिलो पटक सोमबार अदालतमा समाचार सम्प्रेषणको प्रतिबन्ध समेत हटाइयो । सिनागामाथि ४८ ब्यक्तिले १३६ बलात्कार, १४ यौन दुब्र्यवहारको मुद्दा गरेका थिए ।

सन् २०१७ को जुन महिनामा सिनागालाई पक्राउ गरिएको थियो । सिनागाले यौन आक्रमण गर्दागर्दै एक पीडितको होस खुलेपछि सिनागालाई पन्छाएर प्रहरीमा ऊजुरी गर्नुभएको थियो । त्यसमध्ये उक्त मुद्दाको अनुसन्धान सुरु गरिएको थियो । अदालतमा उनले सबै यौन क्रियाकलाप पारस्परिक सहमतिमै भएको भन्दै प्रत्येक पुरुष निदाएको अभिनय गरेर आफूलाई भिडियो खिच्न दिएको बयान दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्