सुनकाे भाउले राख्याे ऐतिहासिक रेकर्ड, अहिलेसम्मकै महँगाे

<span class='c1'>सुनकाे भाउले राख्याे ऐतिहासिक</span> <span class='c2'>रेकर्ड, अहिलेसम्मकै महँगाे</span>

काठमाण्डाै – सुनको भाउले बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ ।

बुधबार सुन तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मूल्य अहिलेसम्मकै महँगो हो ।

मङ्गलबार ताेलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँ बढेको हो ।

यस्तै चाँदी पनि बुधबार ताेलामा २० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको ९ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

सुनको भाउ लगातार बढेपछि कारोबार ठप्प जस्तै भएको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । लगनको समय आउँने बेलामा भाउ अकासिएपछि सुनको कारोबार ठप्प जस्तै भएको उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्