एनआईसी एसिया बैंकले ल्यायो न्यु सुपर चमत्कारिक निक्षेप योजना

एनआईसी एसिया बैंकले ल्यायो न्यु सुपर चमत्कारिक निक्षेप योजना

बैंक पनि साथी पनि हाम्रो पनि राम्रो पनि भन्ने मुल नाराका साथ बित्तिय क्षेत्रमा सर्वाधिक सफलता प्राप्त गर्न सफल एनआईसी एसिया बैंकले न्यु सुपर चमत्कारिक निक्षेप योजना सार्वजनिक गरेको छ ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ सेवा प्रदान गर्दै आइरहेको बैंकले अङ्ग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ग्राहकहरुका लागि सर्वाधिक उच्च प्रतिफल सहितको योजना ल्याएको हो ।

यो योजनामा उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने लगायतका ३० चमत्कारिक फाइदाहरु रहेको सह प्रार्देशिक कार्यलय बिराटनगरका प्रमुख दिबाकर भटटराईले जानकारी दिए ।

सोही  योजना अन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने छन् भने खातावालाको दुर्घटनाबाट ज्यान गएका वा पूर्णरुपमा अशक्त भएमा १० लाख रुपैयाँ सम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि १० लाख रुपैयाँसम्मको बीमा सुविधा र एक लाख रुपैयाँ सम्मको औषधी उपचार बीमा सुविधा समेत प्राप्त  गर्न सक्नेछन ।

त्यस्तै औषधि उपचार बीमा अन्तर्गत बैंकले ग्राहकलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरङ्ग (ओपीडी) उपचारमा २० हजार रुपैयाँसम्म र अस्पताल भर्ना बापत ८० हजार रुपैयाँसम्मको बीमा सुविधा प्रदान गर्नेछन् ।

साथै यी बीमा सुविधाहरु बापत लाग्ने प्रिमियम बैंक स्वयंले एभरेस्ट इन्स्योरेन्स कम्पनीलाई तिर्ने पनि भटराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्