काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोता ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैयाँ छ । तेजाबी सुन अघिल्लो दिन ७५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य घट्दा चाँदीको मूल्यमा पनि गिरावट आएको छ । यसदिन चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।