काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार तोलामा ७५ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधबार चाँदीको मूल्य तोलामा ८७५ रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलरबा चाँदी ८८० रुपैयाँमा कारोबार भएको थियो ।