काठमाडौं । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन बिहीबार तोलामा ३ सयले बढेर ७६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सय रुपैयाँले बढ्दै ७५ हजार ७ सय पुगेको महासंघले जनाएको छ ।
यस्तै महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढ्दै ८ सय ८० पुगेको छ ।