नेपाल लाइफ इन्स्योरेन्सको बिमा शुल्क ई–सेवाबाट भुक्तानी गर्न सकिने

नेपाल लाइफ इन्स्योरेन्सको बिमा शुल्क ई–सेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको बिमा शुल्क ई–सेवाबाट भुक्तानी गर्न सकिने भएको छ ।

अनलाइनमार्फत् बिमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले हस्ताक्षर गरे ।

सम्झौतासँगै कम्पनीका बिमितले आफ्नो नियमित बिमा शुल्क ई–सेवाको मोबाइल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ । यस्तै ई–सेवा एकाउन्ट नभएका ग्राहकले ई–सेवाका देशभर रहेका कुनै पनि जोन पोइन्टमार्फत् बिमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ ।

यो सेवाबाट नेपाल लाइफका २७ लाख भन्दा बढीको संख्यामा रहेका बिमित लाभान्वित हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्