प्रधानमन्त्री ओलीको वेबसाइटमा नै पोर्न भिडियो अपलोड गर्ने हिम्मत कसले गर्यो

<span class='c1'>प्रधानमन्त्री ओलीको वेबसाइटमा नै पोर्न भिडियो</span> <span class='c2'>अपलोड गर्ने हिम्मत कसले गर्यो</span>

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत वेवसाइट केपीशर्माओलीडटकम (kpsharmaoli.com ) मा पोर्न भिडियो अपलोड भएको पाइएको छ । व्यक्तिगत जानकारी समेटिएको ओलीको सो वेभसाइटको डोमेन एक्पाएर भएपछि अन्य व्यक्तिले पुनः दर्ता गरी पोर्न भिडियो अपलोड गरेको देखिन्छ ।
सन् २०१७ को मार्च अन्तिम तिरसम्म व्यक्तिगत जानकारी समेटिएको ओलीको वेवसाइट अस्तित्वमा देखिएपनि त्यसपछि भने अर्कै व्यक्तिले दर्ता गरेर दुरुपयोग भएको देखिन्छ । लामो समयसम्म ओलीले सो डोमेन नवीकरण नगरेपछि अर्कैले दर्ता गराएर दुरुपयोग गरेको बुझिएको छ ।
चीनको छेन्दु वेस्ट डायमेन्सन डिजिटल टेक्नोलोजीले सन् २०१९ को मे २८ मा सो वेवसाइटको डोमेन पुनः दर्ता भएको देखिन्छ । यस्तै डोमेनको म्याद सकिने मिति आगामी मे २८ उल्लेख छ । आईपी लोकेसन क्यालिफोर्निया देखाइएको डोमेन दर्ता गरिँदाको आईपी ठेगाना 156.238.216.62 देखिएको छ । उक्त वेवसाइटमा अहिले सयौँ अश्लिल भिडियोहरु राखिएको छ ।

यस्तो तथ्य थाहा पाएर सो वेवसाइट सरकारले बन्द गराएको भएपनि भीपीएन प्रयोग गरेर अझै हेर्न सकिने अवस्था छ । भीपीएन प्रयोग नगरी खोल्दा भने संचार तथा सूचना प्रविधि मन्त्रालय, तथा नेपाल दुर संचार प्राधिकरणको निर्देशन बमोजिम वेबसाईट बन्द गरिएको उल्लेख गरिएको छ । व्यक्तिगत वेवसाइट नवीकरण नगरेका ओलीको अहिले अर्कै वेवसाइटhttp://kpsharmaoli.com.np/ सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्