३ वर्षीया झट्केली छोरीको बलात्कारपछि हत्या गर्ने बुवा जेल चलान

३ वर्षीया झट्केली छोरीको बलात्कारपछि हत्या गर्ने बुवा जेल चलान

कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले तीन वर्षीया छोरीको बलात्कारपछि हत्या गर्ने बुवालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।
जिल्ला अदालत कञ्चनपुरका श्रेस्तादार हरिकृष्ण हरिकृष्ण अवस्थीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित सालघारीका इन्द्र चुनारा पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
भीमदत्त नगरपालिका–१८ सालघारीका सौतेला बुबा चुनाराले घरमा कोही नभएको अवस्थामा छोरीको बलात्कारपछि हत्या गरेका थिए । गत पुस १४ गते इन्द्र चुनार तीन वर्षीया झट्केली छोरीको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका थिए । बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा चुनाराले बालिकालाई कुटपिट गर्नुका साथै बलात्कार गरेको प्रहरी समक्ष स्विकारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्