सुनको भाउ स्थिर, चाँदीको बढ्यो

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ स्थिर छ । चाँदीको भाउ भने बढेको छ ।

हिजो आइतबार भने सुनचाँदी दुवैको भाउ बढेको थियो । आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले बढेर कारोबार भएको थियो ।

आज स्थिर रहेको छापावाल सुन हिजोकै मूल्य अर्थात् प्रतितोला ७६ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबार भने छापावाल सुन तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि स्थिर छ । आज पनि हिजोकै मूल्य अर्थात् ७६ हजार २ सय रुपैयाँ प्रतितोलामा तेजाबी सुनको कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार हिजो (आइतबार) ८ सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ ५ रुपैयाँले बढ्दै आज (सोमबार) प्रतितोला ८ सय ९० रुपैयाँ कायम छ । अस्ति शुक्रबार भने चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्