मेगा बैंकको ग्राहकहरूलाई ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ बचत योजना

मेगा बैंकको ग्राहकहरूलाई ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ बचत योजना

काठमाडौँ । मेगा बैंकले ग्राहकहरूलाई ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ बचत योजना ल्याएको छ ।

सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीका लागि बैंकले ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ को २०२० संस्करण ल्याएको हो । न्यूनतम १ हजार रुपैयाँ बचत हुनुपर्ने यस खातामा ६.५ प्रतिशत ब्याज पाइनुका साथै विभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ ।

यस योजनामा ग्राहकलाई ५० हजार रुपैयाँसम्मको मेडिकल बिमा गरिएको छ भने ७ लाख रुपैयाँको दुर्घटना बिमाको व्यवस्था गरिएको छ ।

यसैगरी, मोबाइल बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड पहिलो वर्ष निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ । यस्तै, नेपालभित्रका जुनसुकै बैंकका एटिएमबाट रकम झिक्न पनि निःशुल्क व्यवस्था गरिएको छ । यसका साथै, खातावाललाई ऋण लिन पनि यस योजनामा विशेष सुविधा समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्