महाशिवरात्रिमा सानिमाको ‘डिजिटल प्रसाद’

महाशिवरात्रिमा सानिमाको ‘डिजिटल प्रसाद’

काठमाडौं । सानिमा बैंक लिमिटेडले महाशिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई विशेष योजना स्वरूप विभिन्न छुट प्रदान गर्ने भएको छ ।

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकलाई लक्षित गर्दै तीन दिनका लागि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । यो योजनाअन्तर्गत विवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउनेछन् ।

साथै, यो योजनामा महिला ग्राहकले सय रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउनु हुनेछ । योजना फागुन ७ देखि ११ गतेसम्म लागु हुने बैंकका प्रमुख निक्षेप व्यवस्थापन रिटेल विमल बास्तोलाले विज्ञप्तिमार्फत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्