सुनको भाउ बढेर नयाँ उचाइमा , यस्तो छ मूल्य

<span class='c1'>सुनको भाउ बढेर नयाँ उचाइमा</span> <span class='c2'>, यस्तो छ मूल्य</span>

सुनको भाउ बढेर नयाँ उचाइमा पुगेको छ । यसअघि सबैभन्दा उच्च बिन्दु तोलाको ७६ हजार ५०० सम्म पुगेको सुनको भाउ नयाँ उचाइमा पुगेको हो ।

मंगलबार (आज) छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर ७६ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । जबकि सोमबार ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको भाउ पनि तोलामा २०० रुपैयाँले नै बढेर मंगलबार ७६ हजार ४०० रुपैयाँ पुगेको छ । सोमबार तेजावी सुनको भाउ तोलाको ७६ हजार २०० रुपैयाँ थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार र मंगलबार चाँदीको भाउ प्रतितोला ८ सय ९० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्