विस्फोटक पदार्थसहित पक्राउ परेका विप्लवका कार्यकर्ता सार्वजनिक

विस्फोटक पदार्थसहित पक्राउ परेका विप्लवका कार्यकर्ता सार्वजनिक

विराटनगर । नेत्रविक्रम चन्द समूहका पाँच जना कार्यकर्तालाई चैनपुर नगरपालिका(१ गुफापोखरीबाट विस्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेको छ ।सो समूहका जिल्ला सदस्य चैनपुर(४ दोभानेका ‘अग्नि’ भन्ने सन्तोष तामाङसहित पाँचजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
शङ्कास्पद रुपमा हिँडिरहेको देखेपछि प्रहरीले सोधपुछ गर्दा प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले रेडबुल बम , सकेट बम एक थान, विस्फोटनमा प्रयोग हुने सेफ्टी फ्युज तथा तारलगायत मोबाइल तथा विभिन्न कागजात बरामद गरेको बताइएको छ । पक्राउ परेका अन्य चारजनाको नाम भने प्रहरीले खुलाएको छैन । माघ २ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले माघ आज सार्वजनिक गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्