७० करोड घुस माग्ने सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग

<span class='c1'>७० करोड घुस माग्ने सञ्चारमन्त्री बास्कोटालाई</span> <span class='c2'>तत्काल बर्खास्त गर्न कांग्रेसको माग</span>

काठमाडौं। संचारमन्त्रीले घुस मागेको अडियो सार्वजनिक भएपछि यस विषयमा चर्चा परिचर्चा चलिरहँदा यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । कांग्रेसले यस विषयमा विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गरेर कारवाही गर्न माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको वक्तव्यमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितता भइरहेको अनुमान यसअघि नै गरिएकोमा मन्त्रीको अडियोले त्यसलाई पुष्टि गरेको उल्लेख छ । वक्तव्यमा अडियो सार्वजनिक भइसकेको अवस्थामा मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको लागि सघाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्