बालुवाटारमा ओली प्रचण्ड, सञ्चारमन्त्रीको अडियो प्रकरणबारे छलफल

<span class='c1'>बालुवाटारमा ओली प्रचण्ड, सञ्चारमन्त्रीको</span> <span class='c2'>अडियो प्रकरणबारे छलफल</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे छलफल भएको बताइएको छ । बाँस्कोटाले ७० करोड कमिसन डिल गरिरहेको अडियो सार्वजनिक भएलगत्तै अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो ।
स्रोतका अनुसार मन्त्री बाँस्कोटा काठमाडौं फर्किए लगत्तै यस विषयमा सोधेर के भर्ने भन्ने विषयमा निर्णय गरिने छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको नेपालस्थित प्रतिनिधिसँग ७० करोड रुपैंया कमिसन मागेको अडियो गएराति सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्