एनएमबिमा खाता खोल्न नयाँ योजना

एनएमबिमा खाता खोल्न नयाँ योजना

काठमाडौं । एनएमबि बैंकले आफ्नो ‘एनएमबि तलब खाता’ र ‘एनएमबि सुपर तलब खाता’मा परिष्कृत विविधताका साथ नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको जनाएको छ ।

यस योजना अन्तर्गत खातावालहरुलाई रु.१८ लाखसम्मको कुल वीमा सुविधा प्रदान गरिने भएको छ ।

दुई नयाँ योजनाहरुमध्ये ‘एनएमबि प्रिमियम तलबखाता’मा ग्राहकहरुलाई रु १० लाखसम्मको दुर्घटना मृत्यु वीमा, १८ प्रकारका घातक रोगहरुको लागि रु ५ लाखसम्मको वीमा सुविधा प्रदान गरिएको बैंकले जनाएको छ ।

‘एनएमबि प्रिमियम सुपर तलबखाता’मा ग्राहकहरुले रु. १० लाखसम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागी रु ७ लाखसम्म वीमा र रु १ लाख सम्मको स्वास्थ्य उपचार वीमाबाट लाभान्वित हुन सक्ने छन् । उल्लेखित खाताहरु शुन्य मौज्दातमै खोल्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्