गोकुल बास्कोटाको अडियो प्रकरणबारे सरकारले छानबिन गर्छ : गृहमन्त्री बादल

गोकुल बास्कोटाको अडियो प्रकरणबारे सरकारले छानबिन गर्छ : गृहमन्त्री बादल

हेटौंडा । गृहमन्त्री रामबहादुर थापा बादलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा विवादमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटामाथि सरकारले छानबिन गर्ने बताएका छन् ।
कमिसन मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिइसकेको बताउँदै गृहमन्त्री थापाले सरकारले अनुसन्धान गरी कानुनी प्रकृयाबाटै यो विषयको टुङ्गो लगाउने बताए । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले हेटौंडामा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन हेटौंडा आएका गृहमन्त्री थापाले यस विषयमा सरकारले नै छानबिन गरी समाधान गर्ने बताए ।
यस्तै गृहमन्त्री थापाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस पनि उपयुक्त ढंगले टुंगो लगाउने दाबी गरे । एमसीसीको विषयमा सत्तारुढ दलले गठन गरेको कार्यदलको प्रतिवेदन अध्ययन भइरहेको भन्दै उनले प्रतिवेदनको आधारमा संसदबाट अनुमोदन हुने बताए । शनिबारबाट हेटौँडामा सुरु भएको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पहिलो दिन प्रदेशभरीका प्रमुख जिल्ला अधिकारी, प्रदेशभरिका सुरक्षा निकायका प्रमुखलाई सरकारको सुरक्षा नीति र निर्देशनबारे जानकारी दिइएको थियो ।

अनलाइन खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्