पछिल्लो केही दिनयता सुनको भाउ बढ्नेक्रम जारी, आजको सुन भाउ यस्तो

पछिल्लो केही दिनयता सुनको भाउ बढ्नेक्रम जारी, आजको सुन भाउ यस्तो

पछिल्लो केही दिनयता सुनको भाउ बढ्नेक्रम जारी छ । आज पनि सुनको भाउ बढ्ने क्रम रोकिएको छैन ।

सुनको भाउ आइतबार तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ आज शनिबारको भन्दा १८ डलरले बढेर प्रतिऔंस १६ सय ४४ डलर पुगेको छ । प्रतिऔंसमा दुई तोला ६ मासा साढे ६ लाल सुन हुन्छ । चीनको वुहानमा सुरु भएको कोरोना भाइरस विभिन्न देशमा फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ महँगो भएको हो ।

अहिलेको अवस्था हेर्दा सुनको भाउ यही हप्ता नै तोलको ८० हजार पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यको अनुमान छ । यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको ९ सय २० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्