सुनको मूल्यमा नयाँ रेकर्ड, ८० हजार नाघ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, ८० हजार नाघ्यो

पछिल्लो समय निरन्तर उकालो लागिरहेको सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुन तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

आइतवार ७८ हजार ८ सयमा किनबेच भएको सुन सोमबार तोलामा १५ सयले बढ्न पुगेको महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुन ८० हजारमा कारोबार भइरहेको छ भने चाँदी सोमबार ५ रुपैयाँले बढेर तोलाको ९ सय २५ पुगेको छ ।

किन बढिरहेछ ?

चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा सेयर कारोबारमा मन्दी आएपछि लगानीकर्ताहरु सुनमा लगानी गर्न आकर्षित भएका छन् । अन्य वस्तुको तुलनामा सुनमा लगानी गर्दा लगानी सुरक्षण हुने देखिएपछि अन्तर्राष्ट्रिय बजारमा सुन अभाव भएको हो । यसको सिधा प्रभाव नेपाली बजारमा समेत देखिएको कारण सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

मूल्य बढेसँगै कारोबार आधाभन्दा बढीले घटेको बज्राचार्यले बताए । उनका अनुसार अहिले बिहेको सिजन हो तर पोहोरको तुलनामा कारोबार कम भएको छ । गत वर्ष माघ महिनामा महासंघ अन्तर्गत व्यवसायीले देशभर दैनिक ४० किलो भन्दा धेरै सुन बिक्री गर्ने गरेकोमा अहिले मुस्किलले १५ किलो हाराहारी मात्रै कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्