सुनसँगै डलर पनि बढ्न थाल्यो

सुनसँगै डलर पनि बढ्न थाल्यो

काठमाडौं । सुनको भाउमा निरन्तर वृद्धि भइरहका बेला डलरको भाउ पनि बढ्न थालेको छ । प्रति अमेरिकी डलरको भाउ १ सय १५ रुपैयाँभन्दा माथि पुगेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि प्रति डलर सटही दर १ सय १५ रुपैयाँ ४९ पैसा तोकेको छ । करिब २ महिनाको अवधिमा डलर पुनः १ सय १५ पुगेको हो । आजका लागि खरिददर प्रति डलर १ सय १४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ४९ पैसा तोकेको राष्ट्र बैंकले जनाएको छ ।

भारतीय मुद्रासँगको स्थिर बिनिमय दरका कारण भारु कमजोर हुँदाको असर नेपाली रुपैयाँमा पनि परेको हो । अमेरिकी डलरसँग भारु कमजोर हुँदा नेपाली रुपैयाँलाई समेत असर गर्दै आएको छ ।

डलरको भाउ बढ्दा व्यापार घाटा थप बढ्न मद्दत गर्छ भने रेमिट्यान्समा भने फाइदा पुग्छ । हाम्रो अर्थतन्त्र आयातमुखी अर्थतन्त्र भएको हुँदा आयातित सामान महङ्गो हुँदा त्यसले मूल्यबृद्धि बढाउन समेत सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्