विराटनगरमा खुल्यो आधुनिक मार्वल टायल्य शोरुम

विराटनगरमा खुल्यो आधुनिक मार्वल टायल्य शोरुम

विराटनगर फाल्गुन १४  ।

विराटनगर ३ स्थिच एयरपोर्ट मोडमा आधुनिक टायल्स, मार्बल्स, धारा तथा बाथरुमको सामग्रीको विक्री सेवा दिने रोयल मार्बल प्रालिको शोरुम संचालनमा आएको छ । टायल्स तथा मार्बल्स विक्री गर्दै आएको भारतीय प्रसिद्ध संस्था सोमानी सेरोमिक्समा भ्वाइस प्रेसिडेन्ट सुजित कुमार मोहन्तीले रोयल मार्बल्सको उद्घाटन गरेका हुन् ।

मार्बल्सका अन्य नेपालका सचालक अमिष सिंहल,दीपेश तायल र राजेश अग्रवाल एवम् सत्यनारायण तायल,प्रह्लाद सिंहल लगायतको उपस्थिति थियो । रोयल मार्बल्सले आधुनिक टायल्स, इटालियन मार्बल्स, सिपी,नर्बेली तथा भारतीय ग्रेनाइट,धारा तथा बाथरुमका लागि चाहिने विभिन्न डिजाइनका गुणस्तरीय सामग्री विक्री वितरणका लागि सञ्चालक अमित सीघंलले जानकारी दिए ।साथै अन्य ठाँउमा भन्दा फरक सस्तोमा किचेन, डाइनिङ, बेडरुम तथा लिभिङ रुम, र साजसज्जावाटका सामाज पाईने संचालकले सिंघलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्