विराटनगरमा एनआईसी बैंकको खाताबाहक ग्राहकलाई औषधी उपचार बीमा रकम भुक्तान

विराटनगरमा एनआईसी बैंकको खाताबाहक ग्राहकलाई औषधी उपचार बीमा रकम भुक्तान

विराटनगर फाल्गुन १६।

एनआईसी एशिया बैंक लिमिटेडको रानी मिल्स एरीया शाखा विराटनगरले चमत्कारिक बचत खाताबाहक ग्राहकलाई औषधी उपचार बीमा रकम भुक्तानी गरेको छ ।

बैंकको चमत्कारिक बचत खाता योजना अन्तर्गत विराटनगर निवासी पूर्णिमा श्रेष्ठलाई औषधी उपचार बापतको बीमा दावी रकम ६१ हजार ५२९ रुपैयाँ हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकका शाखा प्रबन्धक शंकर सुवेदी, उप–प्रादेशिक कार्यालय विराटनगरका प्रमुख विष्णुप्रसाद आचार्यसहितले बीमा रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । चेक पाएपछि श्रेष्ठले बैंकप्रति विश्वास बढेर आएको बताउनुभयो ।

बैंकमा न्यू सुपर चमत्कारिक खाता खोलेका ग्राहकले २१ लाख रुपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु वा पूर्ण रुपमा अशक्त भएमा १० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि १० लाखसम्मको बीमा सुविधा तथा १ लाख रुपैयाँसम्मको औषधी उपचार बीमा सुविधा बैंकले उपलब्ध गराउँदै आएको छ । बैंकका मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५० एटिएम, १०६ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंक रहेका छन् ।
बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्