जन्मदर्ता बनाईदिने भन्दै २० हजार घुस माग्ने वडा सचिव पक्राउ

जन्मदर्ता बनाईदिने भन्दै २० हजार घुस माग्ने वडा सचिव पक्राउ

धनुषा । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ का वडासचिव २० हजार घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वडा नम्बर २ का वडा सचिव (खरिदार) सुशिल ठाकुर रहेका छन् । वडा सचिव ठाकुरले जन्म दर्ता प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो । सचिव ठाकुरलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्